ढोडेनीका १५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ। दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो। तर, अहिले उक्त पानी आउन छाडेको छ।
नवलपुर– सुगम जिल्लाका रूपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ।
उनीहरू एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दै आएका छन्। बिहान उज्यालो हुने बित्तिकै गाग्री बोकेर पानी लिन जानेहरू दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फर्किन्छन्। यस क्षेत्रमा सधैँभरि खानेपानीको समस्या रहेको स्थानीय सरस्वती आचार्यले बताइन्।
“ढोडेनीवासीलाई खानेपानीको असाध्यै समस्या छ, एक गाग्री पानी ल्याउन दुई घण्टा उकालोओरालो गर्नुपर्छ,” ४० वर्षीया आचार्यले भनिन्, “यहाँका सबै घरमा खानेपानीको मिटर जडान गरिएको छ। तर, धारामा पानी आउँदैन।” पानी बोक्न एक जनाको पूरै दिन बित्ने गरेको उनको भनाइ छ।
धारामा पानी नआएपछि स्थानीय कालीगण्डकी नजिकै रहेको लहरा खोलाको पानी पिउन बाध्य छन्। ढोडेनीबाट एक किलोमिटरभन्दा टाढा रहेको उक्त खोलाबाट पानी बोकेर ल्याउँदा उकालो चढ्नुपर्छ। “खोलाबाट पानी ल्याउन निकै समस्या छ,” स्थानीय जमुना गुरुङ भन्छिन्, “पानी बोकेर आउँदा कतिपटक त लडिन्छ।”
गाग्री बोक्न नसक्नेले झोलामा बोत्तल हालेर पानी ल्याउने गरेका छन्। पानीकै पिरले गाईबस्तु पाल्न नसकेको उनले सुनाइन्। खोलाबाट बोकेर ल्याएको पानीले नुहाइधुहाइ गर्न नपुग्ने भएकाले लुगा पनि खोलामा गएर धुने गरेका छन्। बाख्रापालनका लागि राम्रो सम्भावना भएको यस क्षेत्रमा पानीकै समस्याका कारण केहीले मात्र पशुचौपाया पालेका छन्।
हुनेखाने र सक्नेले पानीको ट्यांकर नै घरमा लिएर आउने गरेका भए पनि नसक्नेले खोलाको पानी पिउन बाध्य छन्। “खानेपानीको समस्या आजको होइन। विगतदेखि नै यथावत् छ,” ढोडेनी छतिटारमा कुखुरा पाल्दै आएका विष्णुहरि अधिकारी भन्छन्, “कुखुरालाई नियमित पानी चाहिने हुँदा ट्यांकरबाट पानी झार्ने गरेको छु। तीन हजार लिटर पानीले चार दिन जति पुग्छ।”
ढोडेनीका झन्डै १५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ। दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो। तर, अहिले धारामा पानी आउनै छाडेको छ। “चार किलोमिटर परबाट पानीको पाइप जोडेर खानेपानी ल्याइयो। हप्तामा एक दुई पटक मात्रै अलिकति पानी आउँछ। पानी प्रयोग गर्न नपाए पनि मासिक ८० रुपैयाँ तिर्नुपरेको छ।”
बर्सेनी माघदेखि जेठ महिनासम्म खानेपानीको हाहाकार नै हुन्छ। कालीगण्डकीबाट लिफ्टिङ प्रणालीमार्फत खानेपानी ल्याउने तयारी भइरहेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए।
“लिफ्टिङको काम अघि बढेको पाँच वर्ष भइसक्यो। तर, निर्माणमा ढिला हुँदा खानेपानीको समस्या भएको हो,” उनले भने, “ठेकेदारले रकम नपाएर काम रोकेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
