बुधबार बिहान बसेको बैठकले अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ।
काठमाडौँ– माथिल्लो मैलुङ जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा आयोजनाको ‘टावर राइट अफ वे’का लागि रसुवा र नुवाकोट जिल्लामा रहेको वन क्षेत्र प्रयोगका लागि स्वीकृति दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
यस्तै, बैठकले काभ्रेको पाँचखाल नगरपालिकास्थित औद्योगिक ग्रामलाई ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ। महिला उद्यमीलाई लक्षित गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’मा रूपान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो।
बैठकले कालीमाटी फलफूल तथा तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई तोक्ने निर्णयसमेत गरेको छ।
यसैगरी, अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णयसमेत भएको मन्त्री शर्माले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
