आधारविना यसरी केही जिल्लामा मात्रै बजेट केन्द्रित गर्न नमिल्ने अध्यक्ष नेपालको भनाइ छ।
काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन्।
बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले बजेट तीन जिल्लामा केन्द्रित गरेर ल्याउनुको आधार खोज्ने बताए। आधारविना यसरी केही जिल्लामा मात्रै बजेट केन्द्रित गर्न नमिल्ने उनको भनाइ छ।
“बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ। नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ,” नेपालले भने, “त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो। नत्र सरकारले यसबारेमा जवाफ दिनुपर्छ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको नेपालको भनाइ थियो। सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेतासँग बुझ्ने उनले बताए।
अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीले स्वदेशमा लगानी गरिरहेको कुरा सुन्दा खुशी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न शहरमा पुगेर प्रवासी नेपालीसँग भेट गरेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
