संयुक्त राष्ट्रसंघले बाढी प्रभावित क्षेत्रका हजारौँ मानिसमाथि गम्भीर र दूरगामी असर पर्ने चेतावनी दिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले काखोभका बाँध भत्किएपछि लाखौँ नागरिक पिउने पानीको पहुँचबाट वञ्चित भएको बताएका छन्।
दक्षिणी युक्रेनको बाढी प्रभावित क्षेत्रमा दशौँ हजार मानिस अझै फसिरहेको रहेको बताउँदै उनले रुसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा फसेकाहरूलाई सहयोग गर्न नसकेको आरोप लगाए।
युक्रेन र रुसले एकअर्कामाथि नोभा काखोभका जलविद्युत् बाँध भत्काएको आरोप लगाइरहेको भए तापनि यसबारे पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ। नदीमा पानीको सतह अझै बढ्न सक्ने आशंका गरिएको छ।
युक्रेनको खेरसन क्षेत्रमा बुधबार सामूहिक उद्धार कार्य जारी राखिएको छ। सार्वजनिक भएका स्याटेलाइट तस्वीरहरूमा त्यहाँ व्यापक विनाश भएको देखिन्छ। एउटा तस्वीरमा युक्रेन नियन्त्रित क्षेत्रीय राजधानी खेरसनको बन्दरगाह र औद्योगिक क्षेत्रमा बाढी आएको देखिन्छ।
रुसी आपतकालीन सेवालाई उद्धृत गर्दै समाचार एजेन्सी तासले तीनदेखि १० दिनसम्म पानीको सतह बढ्ने जनाएको छ।
यता, संयुक्त राष्ट्रसंघले हजारौँ मानिसमाथि गम्भीर र दूरगामी असर पर्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले विपत्तिको परिमाण आगामी दिनमा स्पष्ट रूपमा देखिने बताए।
आफ्नो टेलिग्राम च्यानलमार्फत युक्रेनी जेलेन्स्कीले विपद्का कारण कम्तीमा एक लाख मानिस प्रभावित भएको बताए। तीमध्ये दशौँ हजार मानिस अझै पनि प्रभावित क्षेत्रमा फसेको उनको भनाइ थियो। उनले रसिया नियन्त्रित क्षेत्रमा रहेका नागरिकको सहयोगका लागि पहल नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
“लाखौँ मानिस खानेपानीको सामान्य पहुँचबाट वञ्चित भएका छन्,” उनले भने, “हाम्रो संयन्त्र प्रभावित मानिसहरूलाई सहायता गर्न पहिल्यैदेखि सक्रिय भएको छ। हामी केबल युक्रेन नियन्त्रित क्षेत्रमा मात्र मद्दत गर्न सक्छौँ। रसियाले कब्जा गरेको भागमा कब्जा जमाएकाहरूले मानिसहरूलाई सहयोग गर्ने कोशिशसमेत गरिरहेका छैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
