युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट हामलाई

गएराति भएको फाइनलमा वेस्ट हामले इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ।

काठमाडौँ– इंग्लिस क्लब वेस्ट हाम युनाईटेडले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ।

गएराति भएको फाइनलमा वेस्ट हामले इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो।

वेस्ट हामको जितमा सेद बेनहरमा र जारोड बोवेनले गोल गरे। फियोरेन्टिनाका जियाकोमा बोनाभेन्चुराले १ गोल फर्काए।  

इडन एरिना स्टेडियममा ६२औँ मिनेटमा बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट हामलाई अग्रता दिलाए। ६७औँ मिनेटमा बोनाभेन्चुराले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए।

९०औँ मिनेटमा बोवेनले गोल गर्दै वेस्ट हामलाई च्याम्पियन बनाए।