कालिकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ गम्भीर

दुर्घटनामा रास्कोट–१ का ४३ वर्षीय मनबहादुर साही ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको छ। 

फाइल तस्वीर।

काठमाडौँ– कालिकोटको रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

बिहीबार बिहान भएको दुर्घटनामा रास्कोट–१ का ४३ वर्षीय मनबहादुर साही ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको नगरप्रमुख धर्मराज शाहीले जानकारी दिए। उनीहरू श्रीमान् श्रीमती हुन्।

घाइते रिताकुमारी शाहीको अवस्था गम्भीर छ। उनको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको शाहीले बताए।

सडकमा रहेको गाडी ‘ब्याक’ सरेर खोलामा खसेको थियो।