सांसद पौडेलले बढ्दो तापक्रमबाट बच्न तत्कालीन र दीर्घकालीन योजना बनाउन सरकारलाई आग्रह गरेका छन्।
काठमाडौँ– कांग्रेस सांसद प्रदीप पौडेलले बढ्दो तापक्रमबाट बच्न सरकारले कदम चाल्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद पौडेलले तत्कालीन र दीर्घकालीन रूपमा याेजना बनाउन सरकारलाई आग्रह गरे।
“तराईंका जिल्लामा झन्डै ४४ डिग्रीसम्म तापक्रम पुगेको अवस्था छ। अझै एक हप्ताभन्दा बढी यस्तो हुने देखिन्छ। विश्वव्यापी रूपमा तापक्रम बढ्ने स्थिति आगामी वर्ष झन् बढेर जाने देखिएको छ,” उनले भने, “यसको तात्कालिक र दीर्घकालीन समस्या समाधानका लागि सरकारले के गरिरहेको छ? हामी जान्न चाहन्छौँ।
विश्वव्यापी रूपमा नै तापक्रम बढिरहेको अवस्थामा नेपालमा पनि यसको चौतर्फी प्रभाव परेकाले समाधानको उपाय खोज्दा उनले सरकारलाई सुझाएका छन्।
“तातो हावा चल्न थालेको छ। यसले जनजीवन असाध्यै प्रभावित पारेको छ। विद्यालय बन्द भएका छन्। पानीका मुहान, खेतीबाली र धानको बिउ सुकेको स्थिति छ,” पौडेलले भने, “जमिनमुनिको पानीको सतह घटेको छ। अशुद्ध पानीका कारण महामारी फैलिने जोखिम बढेको छ। दैनिक ज्यालादारी गरेर खानुपर्ने मजदुरको अवस्था दयनीय बन्दै छ। सरकार यसमा गम्भीर बनोस्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
