अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानीकर्ताको नाम लिई सीमित व्यक्तिले फाइदा उठाउने व्यथितिको अन्त्य हुनुपर्ने बताएका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारबाट सीमित व्यक्तिहरूले मात्र फाइदा लिइरहेको बताएका छन्। उनले ५६ लाख शेयर लगानीकर्ताको नाम लिई सीमित व्यक्तिले फाइदा उठाउने व्यथितिको अन्त्य हुनुपर्ने बताए।
नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “सीमित व्यक्तिले फाइदा उठाउने र नाम ५६ लाखको लिने गरी काम गर्ने परम्पराको अन्त्य हुनुपर्छ।” उनले शेयर बजार सीमित व्यक्तिलाई फाइदा पुग्ने माध्यमका रूपमा मात्रै सीमित हुन नहुने तर्क गरे।
उनले लगानीकर्ताहरूले बैंकमा जम्मा गर्दा बढी आम्दानी हुन्छ कि शेयर बजारमा लगानी गर्दा बढी भन्ने हिसाब गरेर लगानी गर्ने गरेको भन्दै सीमित व्यक्तिलाई फाइदा हुनेगरी शेयर लगानी हुन नदिन बोर्डलाई निर्देशन दिए। उनले शेयर बजारलाई अटोमेटेड सिस्टममा र पेपरलेस बनाएर लैजाने गरी अघि बढ्न जरुरी रहेको बताए।
“शेयर मार्केटलाई अझ हेल्दी बनाउँदै बिस्तारित गरेर लैजानुपर्छ, त्यसका लागि राष्ट्र बैंकले के गर्नुपर्छ, त्यसका लागि हामीले भनेका छौँ नै,” उनले भने, “मेरो तर्फबाट पनि कतै भ्रम सिर्जना गर्ने कोशिस नहोस्, शेयर मार्केट कमजोर गर्ने र विश्वास कम गर्नेकुरा हामीबाट हुँदैन।”
शेयर बजारमा जलविद्युत् कम्पनी बढी भएको र उद्योगी व्यवसायीहरू पनि यो क्षेत्रमा आउने क्रम बढेको दाबी गरे। उनले यस क्षेत्रमा उद्योगी व्यवसायी बढ्दा पारदर्शिता बढ्ने अपेक्षा गरेको बताए। बजारलाई स्वस्थ बनाउन अनुगमन प्रभावकारी बनाउँदै कारोबारलाई पारदर्शी बनाउने प्रक्रियामा लाग्न बोर्डलाई उनले निर्देशन दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
