एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफैँ सहमतिका साथ कोशी प्रदेशको नाम राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गर्न लगाइरहेको विवादास्पद अभिव्यक्ति दिएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता–कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर हमला भइरहेको टिप्पणी गरेका हुन्।
उनले कोशी प्रदेशमा सत्तासंरक्षित आपराधिक घटनाहरू भइरहेको दाबी गरे। पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेट गराउन लागिपरेको बताएका उनले एमाले नेता–कार्यकर्तालाई प्रतिवादमा उत्रिनसमेत आह्वान गरे। एमालेले पहिचानका नाममा भइरहेका आपराधिक क्रियाकलापको सामना गर्न नडराउने उनको भनाइ छ।
“कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के–के निषेध, अहिले प्रदेश नम्बर १ (कोशी प्रदेश) मा सत्तासंरक्षित आपराधिक घटनाहरू भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे शुरूमै। हामीमाथि हमला भयो, कहिले बन्द भनेको छ, कहिले तोडफोड, कहिले अनेक छ। आज मात्रै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजियो, भनेपछि कहाँसम्मको हत्या प्रयास भइरहेको छ पहिचानका नाममा। यसमा हाम्रो पार्टी किञ्चित, डराउँदैन, झुक्दैन नो कम्परमाइज,” उनले भने।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम नै लिएर नेपालका जातजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्र स्वरूप देशभर पहिचानको विष फैल्याउने कोशिश गरेको टिप्पणी गरे। त्यसमा प्रधानमन्त्री दाहाल सफल हुन नसकेको उनको भनाइ थियो। उनले पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे।
“एमाले चुप लागेर बस्न सक्दैन, हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ। गुन्डाहरू न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले। अब जवाफ दिनुपर्ने बेला आइसकेको छ। पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो। प्रचण्डपथ अझै गएको छैन। यो देशद्रोही र अपराधी पथ हो,” उनले भने।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताए।
भिडियो
प्रचण्ड सरकारले पहिचानवादलाई संरक्षण गरिरहेको छ : केपी शर्मा ओली#kpoli #pmprachanda #koshipradesh pic.twitter.com/hHGor5zrOy
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
