कारोबारमा आएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.२७ अंकले उकालो लागेर १९३९.६१ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०५ अंकले ओरालो लागेर ३६४.४२ मा सीमित भएको छ। कारोबारमा आएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।
कुल ५९ लाख ६२ हजार ९३ कित्ता शेयर दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार कारोबारका आधारमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको १० करोड २६ लाख ८७ हजार ७१३ बराबरको शेयर खरिद बिक्री भएका छन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नौ करोड ६३ लाख १३ हजार ५०९, शिवम् सिमेन्टको आठ करोड ७० लाख १२ हजार ९२९, हिमालयन एभरेस्टको आठ करोड २८ लाख ५३ हजार र नेपाल दूरसञ्चार कम्पनीको आठ करोड २२ लाख ३१ हजार १९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार डोल्टी पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। भूगोल इनर्जी ९.९६, मनकामना स्मार्ट लघुवित्त ८.४८, सानिमा जीआईसी इन्स्योरेन्स ७.३८ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको शेयर मूल्य सात प्रतिशतले बढेको छ।
त्यस्तै, रिभर फल्स पावर ६.६४, खप्तड लघुवित्त ३.९४, ग्लोबल आईएमई ब्यालेन्स फन्ड पहिलो ३.८९, सिटिजन म्युचुअल फन्ड ३.७७ र श्वेत गंगा हाइड्रोपावरको शेयर मूल्य ३.३९ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
