बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको थियो।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन्।
बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको थियो। सो छलफलका क्रममा अर्थमन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत् परियोजनामा पनि लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका हुन्।
उनले सुख्खा याममा भारतबाट बिजुली आयात गर्नु परेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजनाहरू आवश्यक रहेको बताए। उनले नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै यहाँ जलविद्युतको ठूलो सम्भावना रहेको बताए।
“अहिले पनि नेपालले सुख्खा याममा भारतबाट बिजुली आयात गर्नुपरेको छ। त्यसैले हामीलाई धेरै जलाशय युक्त योजना आवश्यक छ। प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ। हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौँ। त्यसैले नेपालमा जलविद्युतको ठूलो सम्भावना छ,” उनले भने।
उनले विश्व बैंकले माथिल्लो अरुणमा लगानी गर्न चासो देखाउनु सकारात्मक भएको बताए। “हामीले अरुण तेस्रोमा नै विश्व बैंकले लगानी चाहेका थियौँ। विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरुण तेस्रोमा लगानी हुन सकेन। अहिले माथिल्लो अरुणमा लगानीको विषयमा छलफल हुँदा निकै खुशी लागेको छ,” उनले भने।
१ हजार ६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विश्व बैंक, एशियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फन्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फन्ड, जर्मन, नर्वे, साउदी विकास फन्ड लगायतका दातृ निकायका प्रतिनिधिसँग छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
