गहुँ र अन्य कृषिजन्य वस्तुहरूको प्रमुख विश्वव्यापी स्रोत युक्रेनमा रुसले गरेको आक्रमण र विश्व व्यापारमा युद्धको व्यापक प्रभावपछि अफ्रिकी देशहरू अन्नको बढ्दो मूल्यवृद्धिबाट नराम्ररी प्रभावित भएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि दक्षिण अफ्रिकी नेताहरूको शान्ति अभियानको स्वागत गरेका छन्।
राष्ट्रपति सिरिल रामाफोसाले पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच छ सदस्यीय अफ्रिकी शान्ति टोलीलाई स्वागत गर्न सहमति भएको बताएका छन्। पुटिनको सकरात्मक प्रतिक्रियापछि दक्षिण अफ्रिकाले रुस र युक्रेनबीच वार्ता आयोजना गर्न तयार रहेको बताएको छ।
यो वार्ता यसै महिना शुरू हुने अपेक्षा गरिएको छ। “दक्षिण अफ्रिकाले शान्ति शिखर सम्मेलन आयोजना गर्ने सम्भावनालाई ग्रहण गर्नैपर्छ,” राष्ट्रपति कार्यालयका एक मन्त्री खुम्बुद्जो एनतशाभेनीले प्रिटोरियामा पत्रकारहरूसँग भने।
यसअघि बिहीबार दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले पुटिनसँग रामाफोसाको फोनमा कुराकानी भएको एएफपीले जनाएको छ। उक्त अवसरमा रुसी नेताले अफ्रिकी राष्ट्रप्रमुखको पहलको स्वागत गर्दै शान्ति अभियानलाई स्वीकार गर्ने इच्छा व्यक्त गरेका बताइएको छ।
रामाफोसाले घोषणा गरेको प्रतिनिधिमण्डलमा कंगो गणतन्त्र, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका, युगान्डा र जाम्बियाका राष्ट्रपतिहरू रहेका छन्।
गहुँ र अन्य कृषिजन्य वस्तुहरूको प्रमुख विश्वव्यापी स्रोत युक्रेनमा रुसले गरेको आक्रमण र विश्व व्यापारमा युद्धको व्यापक प्रभावपछि अफ्रिकी देशहरू अन्नको बढ्दो मूल्यवृद्धिबाट नराम्ररी प्रभावित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
