मन्दिर परिसर वरपर ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ। फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै गाडीबाट इच्छाकामना मन्दिर पुग्न सकिन्छ।
मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ।
मन्दिर पुनः निर्माण सम्पन्न भएपछि खुला गरिएको हो। बाहिर रहेको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रबाट पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहराले जानकारी दिए।
प्रदेश सरकार, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा दुई करोड ४२ लाख लागतमा मन्दिर पुनः निर्माण भएको बोहराले बताए। कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनः निर्माण ढिला गरी सम्पन्न भएको हो।
मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो। ढुंगा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनः निर्माण गरिएको हो। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए।
“आवश्यक पूर्वाधार निर्माण गरेर प्रचार–प्रसारमा जोड दिइने छ,” उनले भने, “खानेपानीको व्यवस्थासमेत भइसकेको छ। बस्नका लागि होमस्टेको सुविधा छ।” सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ। साथै मन्दिर परिसर वरपर फागुन–चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ।
फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै गाडीबाट इच्छाकामना मन्दिर पुग्न सकिन्छ। गोरखाको मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने विश्वास छ।
मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए। मन्दिरसम्म सडक पुगेसँगै भक्तजनको आवागमनमा वृद्धि भएको छ।
प्रत्येक वर्ष मंसिरमा यहाँ ठूलो मेला लाग्छ। मन्दिर समुद्री सतहदेखि एक हजार ८०० मिटर उचाइमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
