निर्माण शुरू भएर लामो समय बित्दासमेत अधुरै रहेका ठेक्का तोड्न थालिएको सडक विभागले जनाएको छ।
काठमाडौँ– सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ। निर्माण शुरू भएर लामो समय बित्दासमेत अधुरै रहेका ठेक्का तोड्न थालिएको हो।
सडक विभागको पुल महाशाखाका प्रमुख नरेशमान शाक्यका अनुसार कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा मात्रै तोडिने छ। गोरखाको बुट्टार मकैसिङमा पुलको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत काम गर्न लागिएको उनले बताए।
“त्रिशूली नदीमा पुल निर्माण नगरेपछि पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको छ। अर्को दुईवटा ठेक्का तोड्ने क्रममा छौँ,” उनले भने। बाढीका कारण भासिएको धनुषा र सिराहा जोड्ने कमला पुलको मर्मत निर्माण कम्पनी आफैँले गरिरहेको छ।
ठेक्का तोड्नका लागि पहिले सूचना निकाल्नेलगायत प्रक्रिया पुर्याउनुपर्ने हुँदा केही समय लाग्ने प्रमुख शाक्यले बताए। कारबाही अघि बढाइरहँदा पनि निर्माण व्यवसायीले काम गर्छु भनेर आउँदा त्यही कम्पनीलाई मौका दिने विभागले जनाएको छ।
“काम गर्छु भनेर पनि सन्तुष्ट प्रगति नहुँदा वा काम नै नहुँदा ठेक्का तोडिने हो,” उनले भने, “गर्छु भनेर बलियो प्रमाणसहित आउँदा मौका दिइन्छ।” मध्यपहाडी राजमार्गमा निर्माणाधीन ४०० किलोमिटर सडकमा कतिपय ‘क्रोनिक’ ठेक्का रहेको इन्जिनियर सुरज अधिकारीले जानकारी दिए।
विभागले हालै लामो समयदेखि सम्पन्न नभएको भेरी पुलको ठेक्का तोडेको थियो। पाँचथरमा तीनसहित चालु आवमा पाँच ठेक्का तोडिएको छ। सरकारले केही समय पहिले बर्दियाको जब्दीघाट खोला पुलको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत निर्माण अघि बढाएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको बालाजु–त्रिशूली सडकको पनि ठेक्का तोडिसकिएको छ।
विगत वर्षमा कहिले कोभिड–१९ का कारणले त कहिले सार्वजनिक खरिद नियमावलीमा भएको संशोधनका कारण निर्माण ठप्प रहेका ठेक्काको समेत अवधि थप हुने गरेको थियो। अहिले भने क्रोनिक ठेक्का व्यवस्थापनमा सडक विभागले मात्रै होइन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत चासो देखाइरहेको छ।
मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै मन्त्री प्रकाश ज्वालाले काम नगर्नेको ठेक्का तोड्न चासो देखाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
