कोशी प्रदेशमा भइरहेको आन्दोलनप्रति लक्षित गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पाइने, तर अराजक गतिविधि भने सह्य नहुने स्पष्ट पारेका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका नेताहरूमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताएपछि गृहमन्त्री श्रेष्ठले त्यस्ता खालका गतिविधिलाई छुट दिन नसकिने स्पष्टीकरण दिएका हुन्।
मन्त्री श्रेष्ठले उनले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पाइने, तर सरकारले अराजक गतिविधिलाई सहन गर्न नसक्ने पनि स्मरण गराए। उनले कोशी प्रदेशको नामाकरण गर्ने प्रदेशसभाको निर्णय कार्यान्वयनका लागि लाग्न र त्यहाँ उत्पन्न विवाद समाधानका लागि संवाद र सहजीकरण गरिदिन राजनीतिक दलहरूलाई आग्रह गरे।
“सरकार वा राजनीतिक पार्टीहरूले पनि संयमतापूर्वक कुनै पनि प्रकारको गतिविधिका कारणले यस प्रकारको आन्दोलनको नाममा हुने अराजक वा उद्दण्ड वा गैरकानूनी कामहरूलाई प्रोत्साहन हुने काम नहोस् भनेर सरकारसमेत सबै अत्यन्त सचेत भएर सावधानीपूर्वक अगाडि बढ्नुपर्ने अवस्था छ। त्यसप्रति पनि सचेत हुन म सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु,” उनले भने।
उनले संविधान र कानूनलाई मिच्ने काम सरकारले गर्न नदिने पटकपटक दोहोर्याए। संविधान र लोकतन्त्रसम्मत ढंगले गरिएको प्रदेशको नामकरणलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले विवाद उत्पन्न भएको अवस्थामा वार्ता, संवाद, उपयुक्त राजनीतिक सहजीकरणमार्फत समाधान खोज्न सकिने उल्लेख गरे। उनले संविधान रक्षा, जनप्रतिनिधि संस्थाका निर्णयहरूको कार्यान्वयन गर्न र त्यसको सम्मान गर्न सहयोग पुग्ने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले संघीयता, लोकतन्त्रमाथि प्रहार हुन नदिन सरकार बचनबद्ध रहेकोसमेत बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
