डेंगीको संक्रमण भएमा एक्कासि उच्च ज्वरो आउने, रिंगाटा लाग्ने, मांसपेसीको दुखाइ, शरीर शिथिल हुने, वान्ता लाग्नेजस्ता लक्षण देखिन्छन्।
हरेक वर्ष वर्षायाम सुरु भएसँगै विभिन्न सरुवा रोगको संक्रमण बढ्ने गरेकोमा यसपटक डेंगीको संक्रमण उच्च देखिएको छ। समयअगावै सुरु भएको प्रि–मनसुन र मनसुन समाप्तीमा भएको ढिलाइले यसपटक डेंगीका बिरामी विगतका वर्षाको तुलनामा बढेको विज्ञहरूको भनाइ छ।
एसिड प्रजातिको लामखुट्टेबाट सर्ने यस रोगले सामान्य लक्षणदेखि ज्यानै लिन पनि सक्छ। यो प्रजातिको लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्छ। अण्डा पारेको एक हप्तामा वयस्क लामखुट्टेको स्वरूप लिन्छ।
एउटा लामखुट्टेले चारदेखि पाँच जनामा यो रोग सार्न सक्छ। यसर्थ पनि डेंगी संक्रमणबाट बच्न सर्तकता अपनाउन विज्ञहरू सुझाउँछन्। बिहान घाम झुल्केको दुई घण्टा र घाम अस्ताउने बेलामा एसिड प्रजातिको लामखुट्टे निकै सक्रिय हुने कारण यी समयमा बाहिर नहिँड्न विज्ञहरू सुझाव दिन्छन्।
लक्षण
सामान्य अवस्थाका डेंगीका बिरामीमा लक्षण नदेखिने कारण रोग लागे/नलागेको थाहा पाउन पनि गाह्रो हुने विज्ञहरूको भनाइ छ। एक्कासि उच्च ज्वरो आउने, रिंगाटा लाग्ने, मांसपेसीको दुखाइ, शरीर शिथिल हुने, वान्ता लाग्नेजस्ता लक्षण देखिन्छन्। जटिल अवस्थामा शरीरका विभिन्न भागमा रातो–निलो डाम देखिने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता संकेत देखिने विज्ञहरू बताउँछन्। यस अवस्थामा डेंगी संक्रमणका लागि हामीले यस्ता सावधानी अपनाउन सकिन्छः
१) सबैभन्दा पहिला लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउने,
२) पूरा शरीर ढाक्ने कपडा लगाउने,
३) लामखुट्टेको टोकाइबाट बच्नका लागि उपयुक्त मलमको प्रयोग गर्ने,
४) घरका ढोका तथा झ्यालमा जाली लगाउने,
५) वरपरका पानी जम्ने ठाँउ तथा फूलदानीमा पानी जम्न नदिने,
६) बेवारिसे अवस्थामा रहेका टायर तथा पानी जम्ने संरचनाको उचित व्यवस्थापन गर्ने,
७) पोखरी तथा खोल्सा छेउमा माछापालन गर्ने, (यसले लामखुट्टेका अण्डा खाइदिने र लामखुट्टेका वृद्धिमा रोकथाम गर्छ।)
८) सुत्दा झुल लगाउने अथवा लामखुट्टे भगाउने धुप, लिक्वुडको प्रयोग गर्ने।
डेंगी लागेमा के गर्ने?
१) सामान्य अवस्थामा घरेलु उपचार विधि अपनाउन सकिन्छ, सिटामोलबाहेकका औषधि चिकित्सको सल्लाहमा मात्र सेवन गर्ने,
२) पौष्टिक आहाराको सेवन गर्ने।(विषशेतः नरिवलको रस, मेवा, किवी, ड्रयागन फ्रुट)
३) झोलिलो पदार्थको सेवन गर्ने,
४) समय समयमा रगत जाँच गराउने,
४) यथेष्ट आराम गर्ने तर, सुताइ भने कम गर्ने,
५) सकारात्मक सोच राख्ने,
६) स्वास्थ्य अवस्था जटिल भएमा तत्काल अस्पताल जाने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
