प्रधानमन्त्री दाहालले भारतसँग आफ्नो देशको पिरमर्का राख्नै नसकेको ओलीको दाबी छ।
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा देशहितका पक्षमा चुइँक्क पनि बोल्न नसकेको आरोप लगाएका छन्।
प्रधानमन्त्री दाहालले भारतसँग आफ्नो देशको पिरमर्का राख्नै नसकेको ओलीको दाबी छ। शनिबार काठमाडौँमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा ओलीले वर्तमान सरकारलाई नालायकको संज्ञा दिए।
“यस्ता यस्ता सरकार बनेका छन्। जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन। जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन। विदेश भ्रमणमा जान्छ। आफ्ना पिरमर्काका कुरा पनि गर्न सक्दैन,” ओलीले भने, “मलाई यस्तो पर्यो पनि भन्न सक्दैन। यस्ता नालायक सरकार बन्नु भएको देशको दुर्भाग्य हो।”
यस्तो सरकार बनेपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको ओलीको भनाइ थियो।
यस्तै, तल्लो अरुण र फुकोट कर्णाली आयोजना कौडीको भाउमा भारतलाई दिएर प्रधानमन्त्रीले गम्भीर गल्ती गरेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
