दोस्रोपटक च्याम्पियन्स लिगको फाइनल खेलेको सिटीले पहिलो उपाधि जित्न सफल भएको हो। सिटीलाई च्याम्पियन बनाउन रोड्रीले गरेको गोल नै निर्णायक बन्यो।
काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।
गएराति भएको झाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो। टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिक स्टेडियममा सिटीलाई च्याम्पियन बनाउन रोड्रीले ६८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
दोस्रोपटक फाइनल खेलेको सिटीले पहिलो उपाधि जित्न सफल भएको हो। सिटी यसअघि सन् २०२१ को फाइनलमा चेल्सीसँग पराजित भएको थियो। च्याम्पियन्स लिगसँगै सिटीले यस सिजन ट्रेबल उपाधि जित्न सफल भएको छ।
सिटीले हालै इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधि जित्न सफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
