तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश बदर गरिपाऊँ भन्दै शुक्रबार आयोगले सर्वोच्च अदालतमा निवेदन गरेको छ।
काठमाडौं– ललितपुर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत राख्ने सर्वोच्च अदालतको आदेशविरुद्ध निर्वाचन आयोग सर्वोच्च पुगेको छ।
आयोगले सर्वोच्चले गरेको अन्तरिम आदेश बदर गर्न माग गर्दै शुक्रबार रिट दायर गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। मंगलबार सर्वोच्चले उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयको विपक्षमा आदेश गरेको थियो।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। त्यसविरुद्ध आयोगले रिट दायर गरेपछि अब पेशी तोकेर त्यसमा सुनुवाइ हुने भएको छ।
उम्मेदवार कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको भएको भन्दै कात्तिक १२ गते उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध कार्कीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
