गर्मी छल्न भन्दै नदीमा नुहाउन गएका २५ वर्षीय रमेश चालिसे र २४ वर्षीय सुरज सुवेदी बेपत्ता भएका छन्।
मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–३ मा कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्।
हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका युवा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए।
उनका अनुसार गैंडाकोट–२ शिलान्यास चोकका २५ वर्षीय रमेश चालिसे र चितवन रत्ननगर नगरपालिका–२ टाँडीका २४ वर्षीय सुरज सुवेदी बेपत्ता भएका हुन्।
उनीहरू गर्मी छल्न भन्दै नदीमा नुहाउन गएका थिए। बेपत्ताको खोजी कार्य जारी रहेको पाठकले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
