चितवनको इच्छाकामना–१ का चेपाङ समुदाय तरकारी खेती र पशुपालनमा लागेका छन्। आर्थिक अवस्थामा सुधार आएको छ। बालबालिका नियमित विद्यालय जान थालेको गाउँपालिकाले जनाएको छ।
मुग्लिन– चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ। राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ।
यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन्। आर्थिक अवस्थामा सुधार आएको छ। बालबालिका नियमित विद्यालय जान्छन्। गाउँपालिकाले ‘सबै यात्राको शुरूआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरेपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो।
सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले गाउँपालिकालाई परियोजना कार्यान्वयनमा सघाएको छ। घर, विद्यालय, स्वास्थ्यकर्मी, कृषक र आमा समूहबीच प्रतिस्पर्धा गराएर छ–छ महिनामा पुरस्कार वितरण गर्ने गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए।
आफ्नै घर सफा गर्दा, आयआर्जनका काम गर्दा पुरस्कृत हुने भएपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन गर्न सकिएको अध्यक्ष गिरिको भनाइ छ। “उनीहरू आफका लागि काम गर्ने हो, यसको घर सधैँ सफा हुन्छ, शौचालय छ आयआर्जनका लागि पशुपालन गर्छन्। तरकारी खेती गर्छन्,” उनले भने, “बालबालिका नियमित विद्यालय पठाउँछन्। उनीहरूलाई पुरस्कृत गर्छौँ। आफैँका लागि काम गर्दा पुरस्कृत हुँदा उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउन सकिएको हो।”
पालिकाले सहयोग गरेपछि परिवार र समुदायको जीवनशैलीमा परिवर्तन आएको लक्ष्मी चेपाङले बताइन्। “परियोजना लागू भएसँगै यहाँका समुदायमा आर्थिक उपार्जन गर्ने भएका छन्, यहाँका घर सफा छन्, नानीबाबु नियमित विद्यालय जान्छन्,” उनले भने। खेती, किसानी र पशुपालनमा रुचि नराख्नेहरू आजभोलि व्यावसायिक रूपमा तरकारी खेती गर्ने पशुपालन गर्ने सरसफाइमा ध्यान दिने गरेको थाप्राङकी सानु कान्छी चेपाङले बताइन्।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवनशैली परिवर्तन, जीविकोपार्जन, आर्थिक वृद्धिका लागि निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिए। “हामीले चेपाङ समुदायको जीवनशैली परिवर्तनका लागि बाटो देखाएका हौँ,” उनले भने, “सधैँ यो परियोजना हुँदैन फेरिएको सकरात्मक जीवनशैलीलाई आफैँले निरन्तरता दिनुपर्छ।”
आवश्यकताका आधारमा यस्ता अभियानलाई निरन्तरता दिइने बताए। चेपाङको सरसफाइ, घरको अवस्था, करेसाबारी, शौचालयको अवस्था, विद्यार्थीको पढाइलगायत क्षेत्र कमजोर रहेको पाइएपछि पालिकाले परियोजना सञ्चालन गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
