शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सर्लाही– दाइजोका विषयमा विवादपछि दुई जना महिलाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सर्लाहीको हरिपुर नगरपालिका– ३ फरहदवाका अब्दुल शाह फकिरलाई २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको आरोपमा पक्राउ गरिएको सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट एक लाख रुपैयाँ नल्याएको भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेका थिए। यातनापछि माइत गएर बसेकी उनी केही समय अगाडि घर फर्किएकी थिइन्। अब्दुल र उनका परिवारले ईदालाई पटकपटक शारीरिक र मानसिक यातना दिने गरेको ईदा बुबा मन्सुर शाह फकिरले बताए।
“पाँच वर्षीय छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो। शव हेर्न जाँदा शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो,” शाहले भने, “कुटेर हत्या गरेपछि झुन्ड्याए छन्।” घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ।
यस्तै वडा नं ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। सोही स्थानमा बस्ने अन्दाजी ४५ वर्षीय इन्द्रकलादेवी शाहलाई श्रीमान् राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ। दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि मृत्यु भएको डीएसपी दीपेन्द्र पञ्जियारले बताए।
इन्द्रकलादेवीको शवलाई लखन्देही नदीमा दाहसंस्कार गर्न लागिएको खबर पाएपछि शवलाई जल्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको पञ्जियारले जानकारी दिए। “लालबन्दी र हरिवनको सिमानामा रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शव नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरी पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको छ,” पञ्जियारले भने।
इन्द्रकलादेवीका श्रीमान् राजाराम घटना भएकै दिनदेखि फरार छन्। शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
