कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। सो कम्पनीको ११ करोड ४७ लाख २४ हजार ५१८ बराबरको कारोबार भएको छ।
काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आइतबार उच्च अंकले वृद्धि भएको छ। आइतबार नेप्से ४०.४८ प्रतिशतले बढेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक हजार ९८०.०९ अंकमा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१० अंकले उकालो लागेर ३७०.५२ अंकमा पुगेको छ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। नेप्सेका अनुसार कुल ९५ लाख २८ हजार २५५ कित्ता शेयर ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँमा कारोबार भएको छ। आइतबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार ६९१ रुपैयाँ बराबर पुगेको छ।
कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। सो कम्पनीको ११ करोड ४७ लाख २४ हजार ५१८ बराबरको कारोबार भएको छ। यस्तै, शिवम् सिमेन्ट १० करोड ८७ लाख ७५ हजार ५१५, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स १० करोड ६८ लाख ५० हजार ६३१, नेपाल दूरसञ्चार कम्पनी ८ करोड १२ लाख ६४ हजार ९५४ र नेपाल पुनर्बीमा कम्पनी ७ करोड ९३ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएर शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ। गुह्यश्वरी मर्चेण्ट बैंक ८.७०, रिलायन्स फाइनान्स ८.३६ र सिटिजन इन्भेस्ट ट्रष्टका लगानीकर्ताले ८.३१ प्रतिशतले कमाएका छन्।
यस्तै, ग्लोबल आईएमई ब्यालेन्स फण्ड पहिलो ३.८३, मेगा म्युचुअल फण्ड पहिलो २.५३, मनकामना स्मार्ट लघुवित्त २.५१, एनआइसी एशिया सेलेक्ट फण्ड २.४० र प्रभु स्मार्ट फण्डका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
