नोभाक जोकोभिच पुरुषतर्फ सबैभन्दा धेरै ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडी भएका छन्। जोकोभिच र सेरेना विलियम्सले समान २३ पटक ग्रान्ड स्लाम उपाधि जितेका छन्।
सर्वियाका नोभाक जोकोभिचले २३औँ ग्रान्ड स्लामको उपाधि जित्दै इतिहास रचेका छन्। उनी सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी भएका छन्।
जोकोभिचले आइतबार फ्रेन्च ओपनको उपाधि जित्दै यो कीर्तिमान कायम गरेका हुन्। उनले फ्रेन्च ओपनको फाइनलमा क्यास्पर रडलाई ७–६ (७–१), ६–३ र ७–५ को सिधा सेटमा पराजित गरेका हुन्।
यो जितसँगै उनले सबैभन्दा बढी २३ पटक ग्रान्ड स्लामको उपाधि जित्ने सेरेना विलियम्सको कीर्तिमानसँग बराबरी गरेका छन्। ग्रान्ड स्लामको उपाधि सबैभन्दा बढी २४ पटक जित्ने कीर्तिमान अस्ट्रेलियाकी मार्गरेट कोर्टको नाममा छ। उनी हाल ८० वर्षकी भएकी छन्।
पुरुषतर्फ स्पेनका राफेल नाडालले २२ पटक ग्रान्ड स्लाम जितेका छन्। लामो समय ग्रान्ड स्लामका लागि नाडाल, जोकोभिच र स्विजरल्यान्डका रोजर फेडेररबीच प्रतिस्पर्धा चलेको थियो।

नाडाल सन् २०२४ मा सन्यास लिने तयारीमा छन्। ४१ वर्षीय फेडेररले यसअघि नै सन्यास लिइसकेका छन्। ३६ वर्षीय जोकोभिच भने आफूले आफ्नै लागि इतिहास बनाएको बताउँछन्।
फ्रेन्च ओपनको उपाधि जितेपछि उनले पत्रकारहरूसँग भने, “म कुनै बहसमा प्रवेश गर्न चाहन्नँ। म मेरै लागि इतिहास लेखिरहेको छु। म आफूलाई ‘म महान हुँ’ भन्न चाहन्नँ। यो विवाद म अरुका लागि छाडिदिन्छु।”
आफूले सन्यासबारे पनि नसोचेको उनले बताएका छन्। आफूले उपाधि जितिरहेकाले सन्यासबारे सोच्नुपर्ने आवश्यकता नभएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
