राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गएको शनिबार रुसविरुद्ध प्रतिआक्रमण शुरू भएको घोषणा गरेपछि युक्रेनले पहिलोपटक रुस नियन्त्रित क्षेत्र पुनः फिर्ता लिन सफल भएको हो।
युक्रेनले प्रतिआक्रमणको कारबाहीमा रुसविरुद्ध पहिलो जित हासिल गरेको जनाएको छ। प्रतिआक्रमणमा देशका दक्षिण–पूर्वका तीन गाउँ मुक्त गराएको युक्रेनको दाबी छ।
सामाजिक सञ्जालमा आएका दृश्यहरूमा युक्रेनी सेनाले डोनेत्स्कका ब्लाहोडाट्न र नेस्कुच्ने क्षेत्रमा विजयोत्सव मनाउँदै गरेको देखिन्छ। युक्रेनका रक्षासम्बन्धी उपमन्त्रीले त्यस क्षेत्र नजिकैको माकारिभ पनि नियन्त्रणमा लिइएको जनाएका छन्।
युक्रेन समर्थक सामाजिक सञ्जाल पेजहरूमा आएका फुटेजमा युक्रेनी सेनाले ब्लाहोडाट्न क्षेत्रमा आफ्नो देशको झण्डा फहराइरहेको देखिन्छ। त्यहाँको सीमा रक्षा गार्डले सार्वजनिक गरेको भिडियोमा युक्रेनको सेनाले भनेका छन्, “डोनेस्क क्षेत्रको नेस्कुच्ने फेरि युक्रेनेको झण्डामुनि आएको छ।”
गएको शनिबार राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसविरुद्ध प्रतिआक्रमण शुरू भएको बताएका थिए। उनले प्रतिआक्रमण घोषणा गरेपछि युक्रेनले आफ्ना वस्ती मुक्त गराएको पहिलोपटक हो। तर, यसअघि पनि युक्रेनी सेनाले रुसको नियन्त्रणबाट केही वस्ती फिर्ता लिएको थियो।
तर, मस्कोले आफूले नियन्त्रणमा लिएको भूभाग गुमाएको बारे केही जानकारी सार्वजनिक गरिसकेको छैन। बरु यी क्षेत्रबाट युक्रेनी सेना हटाउन दृढ रहेको जनाएको छ।
उता, रुसले अर्को एक क्षेत्र जापोरिझ्झिया क्षेत्रमा बाँध भत्काइदिँदा बाढी आएको युक्रेनले जनाएको छ। उक्त क्षेत्र २०२२ फेब्रुअरीदेखि रुसको नियन्त्रणमा रहेको र रसियन सेनाले त्यहाँको नोभा काखोभ्का बाँध भत्काएको युक्रेनको दाबी छ।
युक्रेनी सेनाका प्रवक्ता भालेरी शेरशेनले रुसले योजनाबद्ध रूपमा नै युक्रेनका बाँधहरू भत्काइरहेको दाबी गरेको बीबीसीले उल्लेख गरेको छ। तर, रुसले भने उक्त बाँध भत्काएको आरोप अस्वीकार गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
