कञ्चनपुरमा ८०० देखि १ हजार हेक्टर जमिनमा खेती हुने उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन छ। तर, यो वर्षा पानी नपर्दा खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।
कञ्चनपुर- लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन्। उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन्। तर, केही दिनयता खेतको उखु सुक्न थालेको छ। त्यसैले खेतको उखुमा सिँचाइ गर्नैमा उनको दिन बित्छ।
“पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ,” उनले भने, “खेती जगाउन हम्मेहम्मे परेको छ।”
विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उनको भनाइ छ। “यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन,” उनले भने, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।”
बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन्। दुई बिघा जग्गामा उनले उखु खेती गरेका छन्। करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको उनले बताए। “आकाशे पानीको भरको खेततिरको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौँ,” भट्टले भने, “पानी परे खेती जोगाउन सकिन्थ्यो।”
उखु बेचेर घरखर्च जोहो गर्ने उनी यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउँछन्। आम्दानीको स्रोतको रूपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। केही दिनयता अत्यधिक गर्मी बढ्नुका साथै सिँचाइको लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले जानकारी दिए।
“यहाँ धेरै ठाउँमा आकाशको पानीको भरमा खेती हुन्छ,” उनले भने, “पानी नपरेकोले र पछिल्लो समय तापक्रम पनि बढेकोले खेती सुकिरहेको छ।”
कञ्चनपुरको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखु खेती हुने गरेको छ। जिल्लाभर ८०० देखि १ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कञ्चनपुरमा उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन हुने गरेको छ। यहाँका किसानका लागि उखु बच्न बेलौरी र पुनर्वासमा मिल छन्।
“गहिरो जमिनको खेती त्यति धेरै सुकेको छैन, बालुवा तथा सुक्खा जमिनको खेती सुकेको छ,” सूचना अधिकारी जोशीले भने, “किसान नियमित बाली जोगान नियमित सिँचाइ गर्न आग्रह गरेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
