लाइपजिकले विज्ञप्ति जारी गर्दै वेर्नरले यस सिजनका बाँकी खेल गुमाउने जनाएको छ।
काठमाडौं– जर्मनीका फरवार्ड टिमो वेर्नरले नोभेम्बर २० बाट कतारमा शुरू हुने विश्वकप गुमाउने भएका छन्।
आबरी लाइपजिकका फरवार्ड वेर्नर बुधबार च्याम्पियन्स लिगअन्तर्गत सख्तर डोनेस्कविरुद्धको खेलमा घाइते भएका थिए। उनको कुर्कुच्चाको लिगामेन्ट च्यातिएको छ।
लाइपजिकले विज्ञप्ति जारी गर्दै वेर्नरले यस सिजनका बाँकी खेल गुमाउने जनाएको छ।
"वेर्नरको स्वास्थ्य परीक्षण गरिएको थियो। उनको कुर्कुच्चाको लिगामेन्ट च्यातिएको छ। उनी २०२२ भरी मैदान बाहिर रहनेछन्," विज्ञप्क्तिमा भनिएको छ।
सन् २०१७ मा जर्मनीको राष्ट्रिय टोलीबाट डेब्यू गरेका वेर्नरले ५५ खेलमा २४ गोल गरेका छन्। नाभेम्बर २३ मा जापानविरुद्धको खेलसँगै जर्मनीले कतार विश्वकपमा आफ्नो यात्राको शुरुआत गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
