प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीताको थापाथलीस्थित नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। उनलाई नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नर्भिकमा प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राडा. युवराज शर्मा लगायत चिकित्सकको टोलीले उनको स्वास्थ्य परीक्षण गरेका छन्। प्रधानमन्त्री दाहालपत्नी सीता ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ भनिने जटिल प्रकारको रोगबाट पीडित छन्।
यसअघि उनलाई उपचारका लागि भारत र सिंगापुरसमेत लगिएको भए पनि उनलाई पूर्णरूपमा निको भएन। पछिल्लो समय उनलाई नेपालमै नियमित स्वास्थ्य परीक्षण गरिँदै आएकोले त्यसअनुसार सोमबार उनलाई नर्भिकमा परीक्षण गराइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ। सो क्रममा प्रधानमन्त्री दाहालको पनि स्वास्थ्य परीक्षण गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
“सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को जीवनसंगिनी तथा नेकपा (माओवादी केन्द्र) का सल्लाहकार आदरणीय आमा सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल थापाथली आउनुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूका निजी चिकित्सक प्राडा. युवराज शर्मालगायत डाक्टरहरूको टिमले उहाँको स्वास्थ्य परीक्षण गर्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको छ,” प्रधानमन्त्रीको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
