माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएकाहरूले प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा हालेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने बताएका छन्।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले मनोवैज्ञानिक दबाब दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा हालेको आरोप लगाएका छन्।
सर्वोच्च अदालतमा माओवादी सशस्त्र द्वन्द्वकालमा बालबालिका प्रयोग गरेको भन्दै पूर्वबाल सैनिकहरूले प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता गराएका छन्। सर्वोच्चले उक्त मुद्दाको जेठ ३० मा पेसी तोकेको छ।
बहिर्गमन जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित नौ जनाले दर्ता गरेको रिटमा दाहाललाई प्रधानमन्त्रीबाट निलम्बन गर्न र उनलाई र पूर्वप्रधानमन्त्री भट्टराईमाथि युद्ध अपराधमा अनुसन्धान गरी प्रचलित कानूनअनुसार कारबाही गर्न माग गरिएको छ।
तर, सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएका व्यक्तिहरू प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा मुद्दा हालेका बताएका हुन्।
माओवादीविरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसकिने उनको भनाइ थियो। शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु सबैको कर्तव्य र दायित्व भएको उनले बताए।
“एकथरि तत्त्वहरूले यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरूलाई प्रयोग गर्ने, उचाल्ने र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानून बनाएर कानूनद्वारा हल गर्नेतिर भन्दा पनि शान्ति प्रक्रिया भाँड्नेतिर अगाडि बढिराखेका छन्। हामी गम्भीरतापूर्वक त्यस प्रकारका प्रवृत्ति, तत्त्व, व्यक्ति र संस्था जो सुकै भए पनि खबरदारी गर्न चाहन्छौँ,” उनले भने।
माओवादी सचिव पौडेलले सर्वोच्चले शान्ति प्रक्रिया भाँड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे। उनले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाव दिनका लागि मुद्दाको प्रसंग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रूपले प्रतिवाद गर्ने बताए।
“बहुमतप्राप्त गरेर उहाँ (पुष्पकमल दाहाल) संसद्बाट प्रधानमन्त्रीको रूपमा आउनुभएको छ। केही तत्त्वहरूले उहाँलाई समेत मनोवैज्ञानिक रूपमा टर्चर गर्ने र अरू नेताहरूलाई पनि टर्चर गर्ने काम गरेका छन्। हामी त्यसको वैचारिक प्रतिवाद गर्छौं, सैद्धान्तिक प्रतिवाद गर्छौं,” उनले भने।
उनले देशमा संविधान निर्माण, गणतन्त्र स्थापना र समावेशी समानुपातिक प्रतिनिधित्वका लागि तत्कालीन समयमा जनयुद्ध गरिएको भन्दै आन्दोलनमा मानिसहरू हताहत हुनु स्वाभाविक भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
