भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ।
दोधारा चाँदनी– महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ।
बचत रकम फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुई हजार ४९६ जना बचतकर्ताले निवदेन दिएका छन्। प्रहरीका अनुसार बचतकर्ताले २० करोड ७८ लाख २४ हजार रकम फिर्ता माग गर्दै निवेदन दिएका हुन्।
“अहिले हामी निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने, “अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हौँ।” गत महिना प्रहरीले उक्त सहकारीबाट बचत रकम फिर्ता नपाएकालाई बचतपास बुक र नागरिकतासहित निवेदन दिन आग्रह गरेको थियो।
अहिले महेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्था बन्द छ। “हामीले मेहनतले कमाएको रकम फिर्ता गराइदिन भनेर प्रहरीमा निवेदन दिएका हौँ,” बचतकर्ता सुमन कुँवरले भने, “सहकारीका कर्मचारीले घरमै आएर आग्रह गर्दा बचत जम्मा गरेका थियौँ।” उक्त सहकारीमा आफ्नो ३७ हजार रुपैयाँ बचत रहेको उनले बताए।
त्यसैगरी, वासुदेव भट्टले पनि ४१ हजार रकम उक्त सहकारीमा जम्मा रहेको बताए। “सहकारीको कार्यालयमा गएर बचत फिर्ता माग्दा दिएनन्, तीर/चार दिन धाएँ,” उनले भने, “मेरो किराना पसल छ, मैले दैनिक बचत गर्दै आएको थिएँ।” बचतकर्ताले रकम फिर्ता र सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गरेका छन्।
भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रासस
