नेपाली राष्ट्रिय टोलीको लागि सर्वाधिक गोलकर्ता रहेकी उनले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इजरायलको क्लबबाट खेल्ने भएकी छन्। उनले इजरायलको क्लब हापोएल रानानाबाट खेल्ने पक्का भएको हो।
हापोएलले मंगलबार सामाजिक सञ्जालमार्फत उनलाई एक सिजनका लागि अनुबन्ध गरेको जानकारी दिएको छ। योसँगै उनले हापोएलबाट २०२३/२४ को सिजन खेल्ने छिन्।
नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेकी उनले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।
भारतमा इन्डियन वुमन्स लिग खेल्दै तीन पटक उपाधि जितिसकेकी सावित्रा आफ्नो यात्रालाई तन्काउन चाहन्थिन्। उनको योजना युरोपमा खेल्ने थियो। उनी पछिल्लो समय एजेन्टको खोजीमा थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
