बेलायतको नटिंघममा भएको आक्रमणमा तीनको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।
बेलायतको नटिंघममा भएको आक्रमणमा तीनको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
स्थानीय समयअनुसार बिहान ४ बजे इल्केस्टन रोडमा दुई शव देखिएको थियो भने मग्दाला रोडमा अर्का एक व्यक्ति मृत अवस्थामा भेटिएका थिए।
सुरक्षाकर्मीहरूले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेका छन्। पक्राउ परेका ३१ वर्षीय ती व्यक्ति प्रहरी हिरासतमा रहेका छन्। घटनापछि शहरमा नाकाबन्दी गरिएको छ।
नटिंघमशायर प्रहरी प्रमुख केट मेनेलले तीन वटै आक्रमण अन्तर सम्बन्धित रहेको विश्वास गरिएको बताएकी छन्। “यो एउटा डरलाग्दो र दुःखद घटना हो, जसमा तीन जनाको ज्यान गएको छ,” उनले भनिन्।
उनका अनुसार अनुसन्धान प्रारम्भिक चरणमा छ। घटनाको वास्तविकता पत्ता लगाउन गुप्तचरको एउटा टोलीले काम शुरू गरिसकेको छ। सोधपुछ शुरू गरिएको उल्लेख गर्दै उनले सर्वसाधारणलाई धैर्य गर्न आग्रह गरेकी छन्।
एक जना प्रत्यक्षदर्शी लिन ह्यागिटले एउटा भ्यानले दुई जनालाई ठक्कर दिएको देखेको बताएकी छन्। उनले बिहान साढे पाँच बजेतिर एउटा सेतो भ्यान देखिएको उल्लेख गरिन्। उनले प्रहरीको गाडीले पछ्याइरहेको उक्त भ्यानले कुनामा दुई जनालाई ठक्कर दिएको बीबीसीलाई बताइन्।
प्रधानमन्त्री ऋषि सुनकले घटनाबारे आफूले जानकारी गराइएको उल्लेख गर्दै भने, “घाइते, ज्यान गुमाएकाका परिवार र प्रियजनप्रति मेरो समवेदना छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
