मंगलबारको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरू सबै कम्पनीको बढेको छ। नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ।
काठमाडौँ– यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा मंगलबार उच्च अंकको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ अंकमा कायम भएको हो।
मंगलबार कारोबार रकम पनि बढेको छ। विभिन्न २७० कम्पनीका एक करोड आठ लाख एक हजार ६९३ कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ कारोबार भएका छन्।
मंगलबारको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरू सबै कम्पनीको बढेको छ। नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ।
सबैभन्दा धेरै जीवन बीमा समूह २७६.६० र निर्जीवन बीमा समूह २२४.९० अंकमा कायम भएको छ। बैंकिङ समूह ७.३६, विकास बैंक ५८.१४, वित्त ३६.९२, होटल तथा पर्यटन १०३.७६, जलविद्युत् ४८.५७ र लगानी समूह १.३६ अंकले बढेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन २२१.५७, लघुवित्त ९६.७०, म्युचुअल फन्ड ०.१६, व्यापार ६१.५० र अन्य समूह १५.५३ अंकले बढेको छ।
मंगलबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा प्रतिकित्ता ३.९३ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २७ करोड ६६ लाख ८७ हजार दुई सय ५० बराबरको पाँच लाख ५७ हजार तीन सय ८८ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
