नागरिकताको माग गर्दै काठमाडौँको माइतीघरमा एक युवकले शरीरमा पेट्रोल खन्याएर आफैँलाई जलाउने प्रयास गरेका छन्। उनलाई प्रहरीले उद्धार गरेर ट्रमा सेन्टरमा लगेको छ।
काठमाडौँ– नागरिकताको माग गर्दै काठमाडौँको माइतीघरमा एक युवकले आफैँलाई जलाउने प्रयास गरेका छन्। मंगलबार काठमाडौँको माइतीघर मण्डलामा नागरिकताको माग गर्दै पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका हुन्।
जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकमाथि सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको थियो।
सोही क्रममा युवकले आफैँलाई पेट्रोल खन्याएर आगो लगाएका हुन्। प्रहरीले उनलाई उद्धार गरेर ट्रमा सेन्टर लगेको छ। उनी मोरङ कटहरीका नीरजकुमार कामत रहेको बताइएको छ। उनी नागरिकताविहीन संघर्ष समितिका सदस्यसमेत हुन्।
आत्मदाहको प्रयासपछि माइतीघर मण्डलमा सर्वोच्च अदालत र सरकारको विरोध भएको छ। आन्दोलनकर्ताले सर्वोच्च अदालतले आफूहरूलाई न्याय नदिएसम्म काठमाडौँमा आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। सरकारले जारी गरेको नागरिकता ऐनविरुद्ध सर्वोच्चमा परेको रिट विचाराधीन अवस्थामा छ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर थाँती राखेको नागरिकता विधेयक मन्त्रिपरिषद्को अनुरोधमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाणीकरण गरेपछि त्यसविरुद्ध रिट दायर भएको हो। नागरिकता विधेयक प्रमाणीकरण गर्दा संवैधानिक व्यवस्थाको दुरुपयोग गरिएको रिट निवेदकको तर्क छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
