राजधानी किएभ र उत्तरपूर्वी शहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ। मंगलबार बेलुका भएको आक्रमणमा ११ जनाको मृत्यु भएको एएफपीले जनाएको छ।
साथै मस्कोले किभको सेनाबाट पश्चिमा जगत्ले प्रदान गरेका सशस्त्र गाडी पनि कब्जामा लिएको दाबी गरेको छ। सोमबार रातभर पनि धेरै स्थानमा रुसी आक्रमण भएको थियो।
“यो भयानक रातमा शत्रुले ११ जना नागरिकको हत्या गरेको छ,” निप्रोपेट्रोव्स्क क्षेत्रीय गभर्नर सर्गी लिसाकले भनेका छन्, “क्रिभि रिगको मध्यभागमा रहेको पाँचतले आवासीय भवन ध्वस्त भएको छ।”
राष्ट्रपति जेलेन्स्कीले आतंकवादीहरूलाई कहिल्यै माफ नगरिने र लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। राजधानी किएभ र उत्तरपूर्वी शहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो।
त्यस क्रममा रुसले प्रहार गरेका केही मिसाइल र ड्रोनलाई आकाशमा नै निष्क्रिय पारेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
