चितवनको माडी नगरपालिकाले बाँदरझुलालाई वडा नं. १० बनाउन सिफारिस गरे पनि संघीय सरकारले त्यसबारे निर्णय गरेको छैन। हुँदै नभएको वडा नं. १० मा स्यालोट्युवेल जडानका लागि संघीय सरकारले बजेट पठाएको छ।
चितवन- संघीय सरकारले माडी नगरपालिकामा हुँदै नभएको वडा तोकेर बजेट विनियोजन गरेको पाइएको छ। नौ वटा मात्र वडा रहेको नगरपालिकामा वडा नं. १० का लागि बजेट विनियोजन गरिएको छ।
संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा तोकेरै वडा नं १० का लागि सशर्त अनुदान पठाएको छ। कार्यक्रम नै तोकेर बजेट विनियोजन गरिएको मेयर ताराकुमारी काजी महतोले जानकारी दिइन्। उनले भनिन्, “माडीमा वडा नं १० छँदै छैन। तर रु १० लाख बजेट वडा नं १० का लागि भनेर छुट्टयाइएको छ।”
२०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर नगरपालिका बनाइएको हो। गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँ विकास समितिलाई समाहित गरेर नगरपालिका बनाइएको थियो। शुरूमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले नौ वडा कायम गरेको थियो।
नगरपालिकालाई दिइएको बजेट आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्योलमा परेको मेयर महतोले बताइन्। उक्त बजेट स्यालोट्युवेल जडानका लागि विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए।
नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै पहिलो कार्यपालिका बैठकले माडीको बाँदरझुलालाई वडा नं १० बनाउन संघीय सरकारलाई सिफारिस गरेको छ। तर, सरकारले निर्णय गरेको छैन । पौडेलले भने, “वडा सिफारिस गरिएको छ, तर निर्णय भइसकेको छैन। बजेट भने विनियोजन भएर आयो।”
बजेट आएको भए पनि वडाको विषयमा आधिकारिक जानकारी नआएको उनले जानकारी दिए। यो बजेटलाई के गर्ने भन्ने विषयमा संघीय सरकारसँग कार्यान्वयनका क्रममा समन्वय गरिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
