नेपालमा ड्रागनखेती गर्ने कृषकको संख्या बढ्दै गएको छ। तर, यसको बजार सुनिश्चितता नहुँदा बिक्री नहुने समस्याले पिरोल्न थालेको उनीहरू बताउँछन्।
पथरी– ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। खेतीमा जोड दिए पनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ।
‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले हालै प्रदेश स्तरीय भेला आयोजना गरेका थिए। नेपालमा उत्पादित ड्रागनले बजार नपाएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। ड्रागन बिक्री गर्न समस्या भएको भन्दै कृषकले चिन्ता व्यक्त गरेका छन्।
एक पटक शुरू गरेको व्यवसायले २५ वर्षसम्म धान्ने भएपछि कृषक यो व्यवसायप्रति आकर्षित हुँदै आएका छन्। नेपालमा खुला बजार, शीत भण्डारलगायत समस्या समाधानको उपाय खोज्न व्यवसायी एकीकृत भएका छन्। एसोसिएसन नेपालका केन्द्रीय कोषाध्यक्ष गणेश राईले बाहिरी आयातमा रोक लगाउन र शीत भण्डारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
नेपालमा कृषकले ठूलो क्षेत्रमा ड्रागनको खेती गर्दै आएका छन्। यस वर्ष खेतीअनुसार फल पनि राम्रै उत्पादन भएको छ। तर बजार नभएका कारण फलले उचित मूल्य पाएको छैन। “कहाँ लगेर बेच्ने भनेर कृषक चिन्तित छन्,” उनले भने।
यसरी नै फल उत्पादन भए र शीत भण्डार नभए फल बारीमै कुहिने अवस्था आउने पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरका सञ्चालक जयबहादुर तामाङले बताए। अघिल्लो वर्ष फार्ममा नै प्रतिकिलो ७५० मा बिक्री भएको फल यसवर्ष ५०० मा पनि बिक्री गर्न मुस्किल भएको उनको भनाइ छ।
यस्तै ड्रागनखेती गर्दै आएका कृपासुर घले कृषक एक भएर अघि नबढे समस्या आउने बताए। विज्ञताको कमी र औषधिसम्बन्धी ज्ञान नभएका कारण यसमा रोग लाग्ने समस्या देखिएको छ। साना किसानले बजार नपाएर गाउँघरमै सस्तोमै बेच्नुपर्ने समस्या छ।
साना र ठूला किसान एकै ठाउँमा संगठित भई यसको विकल्प खोज्नुपर्नेमा एसोसिएसनले जोड दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
