सांसद पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
काठमाडौँ– एमाले सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा पन्तले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे। उनले भने, “धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो? यो संसद्लाई स्पष्ट पारियोस्।”
बैठकमा आकस्मिक समयमा सांसद पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। “नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएको छ,” उनले भने, “पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको छ।”
राजदूत शर्माले दिएको अन्तर्वार्ताले नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको सासंद पन्तको भनाइ थियो। “नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा छ। तर राजदूतले त्यहाँ गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गर्नुहुन्छ,” उनले भने।
सांसद पन्तले ईपीजीको प्रतिवेदनप्रति राजदूत शर्माको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। भने, “के ईपीजीको प्रतिवेदन प्रभूत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ? गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ।”
राजदूत शर्माले बीआरआईलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति समेत प्रश्न उठाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
