बिहीबार २७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर ५२ हजार ८१४ पटक किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको कारोबार भयो।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार बढेको छ। लगातार आठ दिनदेखि बढेको शेयर बजारमा बिहीबार सामान्य अंकको वृद्धि देखिएको हो।
बिहीबार शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ अंकले बढेको बढेर २०४२.०७ बिन्दुमा पुगेको छ। यस दिन नेप्से बढे पनि कारोबार रकम भने खुम्चिएको छ।
बिहीबार २७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर ५२ हजार ८१४ पटक किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको कारोबार भयो। अघिल्लो दिन बुधबार भने ५ अर्बमाथि कारोबार भएको थियो।
बिहीबार कारोबार आएका कम्पनीमध्ये ७५ वटाको शेयर मूल्य बढेको छ भने १३९ वटाको घटेको छ। त्यस्तै, ९ वटा कम्पनीको शेयर मूल्यमा फरक देखिन।
बीमा, उत्पादन, होटल र अन्य समूहको शेयर बढ्दा अरू सबै समूहको शेयर ओरालो लागेको छ। यस दिन सिटी होटलको शेयर १० र अभियान लघुवित्तको शेयर ९ प्रतिशतले बढेको छ भने बुंगोल इनर्जी डेभलपमेन्ट कम्पनीको करिब ६ प्रतिशत र मल्टिपर्पोज फाइनान्स मिर्मिरे लघुवित्त र साधना लघुवित्तको शेयर करिब ४ प्रतिशतले घटेको छ।
त्यस्तै, कारोबारको हिसाबले सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँ, सोल्टी होटल लिमिटेडको १६ करोड ४ लाख रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
