अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसामा पुष्टि गरेको थियो।
एक जना अस्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्।
बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्याङमा भाग्नै नसकिने परिस्थिति सिर्जना गरिएको, केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छन्। लिवरल पार्टीका सांसद डेभिड भानले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित थोर्पेको आरोप छ।
डेभिडलाई उनको दलले निलम्बन गरेको छ। डेभिडले आफूमाथि आधारहीन आरोप लगाइएको बताएको भन्दै खण्डन गरेका छन्। आफूमाथि लगाइएको आरोपबाट आफू चकित भएको उनले उल्लेख गरेका छन्।
आफूमाथि भएको यौन आक्रमणबारे बताउँदै थोर्पेले आफू सदनबाट बाहिरिने बेलामा सधैँ सर्वप्रथम विस्तारै ढोकाबाट हेर्नुपर्ने, भर्याङ र वरपर कोही पुरुष नभएको निर्क्योल गरेर मात्र हिँड्नुपर्ने परिस्थिति उत्पन्न भएकाले संसद् भवन नै महिलाका निम्ति असुरक्षित रहेको गुनासो गरिन्।
संसद्बाट एक्लै बाहिरिन नसकिने उनको कथन थियो। आफूले भोग्नुपरेको दुर्व्यहारको शिकार अन्य महिला सांसद पनि भएका तर उनीहरूले आफ्नो ‘करिअर’लाई महत्त्व दिएकाले त्यसलाई गौण राखेका उनले बताइन्।
सन् २०२१ देखि अस्ट्रेलियाको राजनीति र संसद् यौन हमला र उत्पीडनका ‘हाइ प्रोफाइल’ काण्डबाट प्रभावित भएको छ। त्यस बेलाकी पूर्वराजनीतिक सहयोगी ब्रिटनी हिगिन्सले कञ्जरभेटिप पार्टीका एक जना कर्मचारीले अत्यधिक मदिरा पिएर क्याबिनेट मन्त्रीको संसदीय कार्यालयको सोफेमा बलात्कार गरेको आरोप लगाएकी थिइन्।
अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसाको शिकार भएका पुष्टि गरेको थियो। अनुसन्धानअनुसार हरेक तीन जनामध्ये एक जनाले यौन दुर्व्यवहार झेल्नु परेको थियो, जसमा ६३ प्रतिशत महिला सांसद कुनै न कुनै रूपमा यौन हिंसाको शिकार भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
