मेयर शाहले कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्साबारे सत्ता र प्रतिपक्ष सांसदको भिन्न प्रतिक्रिया
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्सालाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदले फरक फरक धारणा राखेका छन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सालाई लिएर सत्ता पक्ष सांसद र प्रतिपक्षी दलका सांसदले फरक फरक धारणा राखेका छन्।
बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले मेयर शाहको कदमप्रति सकारात्मक टिप्पणी राख्दा सत्ता पक्ष दल नेपाली कांग्रेसका सांसदले कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नुको कुनै तुक नभएको बताएका हुन्।
नेकपा एमालेका सांसद रघुजी पन्तले मेयर शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको बताए। उनले भारतले नेपालको भूमि समावेश गराएर नक्सा राख्नु आपत्तिजनक भएको समेत बताए।
“बालेनले राखेको नक्सामा सुगौली सन्धि अगाडिको नेपाल भनेर फरक रङमा छ। अहिलेको नेपाल फरक रङमा छ। सुगौली सन्धि अगाडिको नेपाल र अहिलेको नेपाल छुट्टिन्छ। खाली पहिलेको नेपाल कत्रो रहेछ भनेर ऐतिहासिक नक्सा हो। भारतको नक्सामा छुट्टिँदैन। हेर्ने मान्छे झुक्किन्छ। अहिलेकै भारत यत्रो हो कि भनेर। त्यो त झन् आपत्तिजनक कुरा भयो,” उनले भने।
नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले मेयर शाहले ग्रेटर नेपालको नक्सा राख्नुको कुनै तुक नभएको टिप्पणी गरे। उनले सबै जना एक भएर राष्ट्रको बारेमा भूमिका खेल्नुपर्नेमा जोड दिए।
“बालेनजीले त्यो गर्नु उहाँको वैयक्तिक सोच हो। त्यसले सिंगो राष्ट्रियतालाई टेवा पुर्याइरहेको छैन। त्यसले जनप्रतिनिधिहरू राष्ट्रका लागि गम्भीर बन है भनेर संकेत गरेको हुनसक्छ। उहाँले ग्रेटर नेपालको नक्सा राख्नु र उहाँको चर्चा, परिचर्चा हुनु त्यसको खासै तुक छैन। जबसम्म हामी एक भएर राष्ट्रको बारेमा भूमिका खेल्दैनौँ,” उनले भने। त्यस्तै, उनले नेपाल धर्मनिरपेक्ष हुनु देश हितको पक्षमा नभएको बताए।
“सरकार भ्रष्टाचारमा डुब्यो”
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए। उनले प्रधानमन्त्री र मन्त्रीहरूले आ–आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएको भन्दै असन्तुष्टि जनाए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका दलहरूले सत्तामा जान र सत्तामा गएर सम्पत्ति कमाउन मात्रै एकता गर्ने गरेको टिप्पणी गरे। उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समाजवादी केन्द्र बन्न लागेकोतर्फ इंगित गर्दै को जुट्छ र को फुट्छ भन्ने जनताको चासोको विषय नभएको प्रतिक्रिया दिए।
उनले आगामी आर्थिक वर्षको बजेट कटौती गर्ने भए गोरखा, डडेलधुरा र नुवाकोटमा गएको बजेट कटाउनुपर्ने बताए। उनले तीन जना मान्छेले मात्रै कुल बजेटको ५१ प्रतिशत बजेट लगेको भन्दै असन्तुष्टि व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
