काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिका जोड्ने मोटरेबल पुल बगाएको छ। याम्फुदिनका दुईवटा बस्ती, स्वास्थ्य/प्रहरी चौकी र विद्यालय जोखिममा परेका छन्।
ताप्लेजुङ– अविरल वर्षाका कारण काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको छ।
बाढीले वडा नं ७ र सिद्ङिवा गाउँपालिका जोड्ने मोटरेबल पुल र वडा नं ८ याम्फुदिनमा एक घर बगाएको स्थानीय सोमबहादुर राईले जानकारी दिए। १५ र १० किलोवाट क्षमताका दुईवटा लघु जलविद्युत् आयोजनाको पावरहाउस पनि बगाएको छ।
वर्षा नरोकिएका कारण थुङ्गिम र थिमदिन बस्ती, स्वास्थ्य चौकी, प्रहरी चौकी र विद्यालय जोखिममा परेको उनले बताए। सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो। गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग बाढीले भत्काएको छ।
बाढीले जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा रहेको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले जानकारी दिए। विद्यालय र प्रहरी चौकीनजिकै खोलाले कटान गरिरहेकोले बिहान स्थानीयले विद्यालयको सामान सारिरहेको उनले बताए।
बाढीले दिलबहादुर मगरको एउटा गाई, एउटा भैँसी र सुँगुर समेत बगाएको राईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
