बैठकमा कार्कीले प्रश्नको जवाफ दिइरहेका छन्। समितिका सदस्यहरूले मुद्दा सुनुवाइ नहुने, राजश्वका मुद्दामा राज्यलाई पराजित गर्ने, एउटै मुद्दामा फरकफरक फैसला गर्ने गरेकोलगायत प्रश्न गरेका थिए।
काठमाडौँ– संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर जारी छ।
सिंहदरबारमा जारी बैठकमा कार्कीले सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिइरहेका छन्। यसअघि कार्कीविरुद्ध परेका उजुरी र उनले पेस गरेको कार्ययोजनाका विषयमा सदस्यहरूले प्रश्न सोधेका थिए।
संसदीय समितिमा बहालदवाला न्यायाधीशले नै उजुरी दिएको विषयमा पनि प्रश्न उठेको छ। समयमा मुद्दा सुनुवाइ नहुने, राजश्वका मुद्दामा राज्यलाई मात्रै पराजित गर्ने, एउटै मुद्दामा फरकफरक फैसला र व्यवहार गर्ने गरेको भन्दै प्रश्न गरेका छन्।
कार्ययोजना प्रस्तुत गर्ने क्रममा संसदीय सुनुवाइ समितिको औचित्यमाथि प्रश्न उठाएको विषयलाई प्रस्ट पार्न पनि सांसदहरूले कार्कीलाई भनेका छन्। संवैधानिक परिषद्बाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।
वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
