विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको निर्देशक सम्राट बस्नेतले बताए ।
काठमाडौँ– शुक्रबारदेखि देशभरका हलमा चलचित्र ‘लाखे’ प्रदर्शनरत छ।
चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन्।
छायांकन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। सिजन अर्यालले तयार पारेको कथा बदलाको भावमा छ। समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ। जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ।
उनले त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना बनाउँछन्। के समीरको योजना सफल हुन्छ? उनी जनककै सहयोगी हो? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ? यी प्रश्नको जवाफ चलचित्र हेरेपछि मात्रै पाइन्छ। विशेषतः चलचित्रको क्लाइमेक्सको चर्चा भएको छ।
हिमाली सुन्दरताको क्लाइमेक्स मनोरन्जक रहेको अभिनेता विनय श्रेष्ठले बताए। "चलचित्र बनाउन निकै मेहनत गरिएको छ। सबै आ–आफ्नो भूमिकामा फिट छन्", विशेष शो हेरेपछि श्रेष्ठले भने, "यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ। किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन।"
‘लाखे’ का निर्देशक बस्नेतले चलचित्र बनाउन धेरै मिहेनत गरेको बताए। "विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु। उहाँहरूको आकर्षण बढेमा हामीले मेकिङमा अझैँ खर्च गर्न सक्छौँ", निर्देशक बस्नेतले भने।
चलचित्र बनाउन तीन करोड खर्च लागेको बस्नेतले बताए। सुसन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
