सांसदहरूले समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राखेका छन्। नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको उनीहरूको भनाइ छ।
काठमाडौँ– प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन्।
सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल र सहयोगी तथा सहकारीपीडितले धर्ना दिइरहेको विषयलाई गम्भीरताका साथ लिन भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद अमरबहादुर रायमाझी र सांसद अर्जुननरसिंह केसीले पनि देशभरका विद्यालयका कर्मचारी माइतीघरमा धर्नामा बसेको विषय उठाउँदै उनीहरूका समस्या समाधानका लागि सरकारसँग माग राखे।
बुढानीलकण्ठ स्कुलमा भ्रष्टाचार र अनियमितता भएको तथा विद्यार्थी भर्ना प्रक्रियामा पनि नियम मिचिएको केसीले बताए। सांसद अच्युतप्रसाद मैनालीले जेठ २९ गते पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकमाथि भएको भौतिक आक्रमणको छानबिन गरी कारबाहीको माग गरे।
सांसद अजयकुमार चौरसियाले नागरिकताविहीन व्यक्तिका माग सम्बोधनका लागि सरकारसँग माग गरे। जन्मसिद्ध नागरिकले पनि नागरिकताबाट वञ्चित हुनुपरेको सांसद ज्वालाकुमारी शाहको धारणा थियो। सांसद अनिता देवीले मधेशमा घरेलु हिंसाका घटना बढ्दै गएको र यस्ता हिंसाको मुख्य कारण दाइजो रहेकाले यो कुप्रथा अन्त्य गर्न माग राखिन्।
सांसद अनिसा नेपालीले आगामी आर्थिक वर्षको बजेट असमान ढंगले आएको र विनियोजनमा कुशलता नदेखिएको बताइन्। राष्ट्रिय परिचयपत्र बनाउँदा संविधानको व्यवस्थाविपरीत महिलाले सिन्दूर, शिर छोपिएको लुगा हटाउनुपर्नेजस्ता नियम बनाएकाले अहिले धेरै मुस्लिम महिलाका लागि राष्ट्रिय परिचयपत्र बनाउन समस्या रहेको विषय सांसद अब्दुल खानले उठाइन्।
सांसद अमरेशकुमार सिंहले तराईका जिल्लामा नदी कटानका कारण खेतीयोग्य जमिन नष्ट हुँदै गएको र मानवबस्ती पनि जोखिममा रहेकाले तटबन्धका लागि माग गरे। सांसद किरणकुमार शाहले रौतहटको गौर जोड्ने लालबकैया नदीको पुल निर्माणको काम १० वर्षदेखि अलपत्र रहेकाले उक्त पुल निर्माणलाई शीघ्रता दिइनुपर्ने विषय उठाइन्।
यसैगरी सांसद अमृतादेवी अग्रहरीले गर्मी बढेका बेला विद्युत् कटौती गर्दा त्यसले जनजीवन झन अस्तव्यस्त बनेकाले विद्युत्को नियमित आपूर्तिको गर्न माग राखिन्। सांसद एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बौद्धमार्गी भिक्षुका लागि विमानस्थलमा सहज होस् बनाउन माग गरे। सांसद अरुणकुमार चौधरीले कर्णाली चिसापानी पुल प्राविधिक रूपमा जीर्ण बनिसकेकाले त्यसको मर्मत सम्भारका लागि ध्यानाकर्षण गरे।
सांसद अशिम शाहले नेपाली जनताको आत्मसम्मान र भावनामा चोट पुग्नेगरी भारतीय पक्षबाट विभिन्न समयमा आक्रमण हुने गरेको र अहिले भारतीय चलचित्र आदिपुरुषमा नेपालका राष्ट्रिय विभूति सीता भारतमा जन्मेको भन्ने कुरा राखिएकाले यसबारे सरकारको आधिकारिक धारणा आउनुपर्ने बताए।
सांसद ईश्वरबहादुर रिजालले दोलखाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा २०७२ सालको भूकम्पका कारण गएको पहिरो रोकथामका लागि सरकारसँग माग गरे। सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको गम्भीर र निष्पक्ष छानबिनको माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
