प्रधानमन्त्रीले २ चुनावी सभालाई सम्बोधन गर्दै

तीन दिनदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन्।

डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार पनि निर्वाचन प्रचारमा व्यस्त छन्। 

तीन दिनदेखि गृहजिल्लामा रहेका देउवाले शनिबार दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन्। दिउँसो १ बजे अजयमेरु गाउँपालिकाको भद्रपुर र ३ बजे भागेश्वर गाउँपालिकाको रुपालमा हुने सभालाई सम्बोधना गर्ने कांग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउँदले बताए। 

त्यसबाहेक घरदैलो र मतदाता भेटघाटलाई पनि निरन्तरता दिइरहेका छन्। यस्तै, आइतबार देउवाले आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्ने तालिका छ।