प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनगणनामा पुन मगरलाई छुट्टै जातिको रूपमा राख्ने कार्य त्रुटिपूर्ण भएकाले त्यसलाई सच्याइने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणनामा पुन मगरलाई छुट्टै जातिको रूपमा राख्ने कार्य त्रुटिपूर्ण भएकाले त्यसलाई सच्याइने बताएका छन्।
शुक्रबार नेपाल मगर संघले भूमे/भूम्या पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय जनगणना २०७८ मा पुन मगरलाई छुट्टै जातिका रूपमा राखेर त्रुटि गरिएकाले त्यसलाई सच्याउने प्रतिबद्धता गरेका हुन्।
उनले पुन मगर लगायतका अन्य जनजातिहरूलाई राष्ट्रिय जनगणनामा छुटाउने काम भएको बारेमा आफूलाई जानकारी नभएको भन्दै गुनासो आएसँगै तथ्यांक विभागलाई सच्याउन निर्देशन दिइसकेको बताए।
“पुन मगर मगर होइनन् भन्ने किसिमले जनगणनाको रिपोर्ट छ भन्ने जानकारी र रिपोर्टिङ मलाई भइसकेको थिएन। आदिवासी, जनजाति महासंघले मलाई रिपोर्ट गरिसकेपछि मैले खबर गरिसकेको छु। अहिले तथ्यांक कार्यालयको प्रमुख मान्छे विदेश भ्रमणमा भएको हुनाले आएपछि त्यसलाई स्पष्ट गर्ने र करेक्सन गर्ने मैले प्रतिबद्धता व्यक्त गरिसकेको छु,” उनले भने।
प्रधानमन्त्री दाहालले जातिहरूलाई फुटाएर देशको हित नहुने बताए। उनले मगर समुदायले राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई सम्मान गर्दै आफूले मगर समुदायका नेताहरूलाई उपराष्ट्रपति, सभामुख, रक्षामन्त्री, अर्थमन्त्री, राष्ट्रियसभा सदस्य लगायतमा अघि सारेको पनि बताए।
कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले मगर समुदायलाई जातीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरिन्। उनले जात, परिवार र भूगोलको नाममा विभाजित हुन नहुने भन्दै एक भएर अगाडि बढ्नुपर्ने बताइन्।
“हामी आफ्नो स्वार्थ र सुविधाको लागि ठूल्ठूला बिल्डिङ बनाउँदै आफ्नो स्वार्थमा निहित भएर आम जनताको चासो भुल्यौँ भने अन्याय हुन्छ। आममानिसको न्याय गर्नुपर्छ। हामी जातीय स्वार्थभन्दा अगाडि बढ्नुपर्छ” उनले भनिन्।
उनले मानवीय स्वार्थका कारण प्रकृतिलाई असर पार्न नहुने भनाइ राखिन्। प्रकृतिको रक्षा गर्नुपर्नेमा उनको जोड थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
