पाँच वर्षको उमेरदेखि भारतको पन्जाब प्रान्तको जम्मुमा बसेका क्षेत्रीले पेसाले ‘कुक’ रहेका आफ्ना बुवाबाट नै खाना पकाउने विधा सिकेको बताउँछन्।
काठमाडौँ– रुपन्देहीको तिलोत्तमाका ३६ वर्षीय प्रवीण क्षेत्रीले श्रीलंकामा ‘सेफ’ (पाक विधा)मा गोल्ड मेडल जितेका छन्। श्रीलंकामा कुल गार्हस्थ्यमा उत्पादनमा १२ प्रतिशत योगदान रहेको होटल तथा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न सन् १९८८ देखि हरेक २ वर्षमा आयोजना हुने ‘कुलिनरी आर्ट फुट एक्पो’मा क्षेत्रीले गोल्ड मेडल जितेका हुन्।
‘इन्टरनेसनल प्रोसेस्ड फुड एन्ड होस्पिटालिटी एक्जविसन’ले आयोजना गर्ने प्रतियोगितामा श्रीलंकाभरका तारे होटलले भाग लिन्छन्। यसमा होटलका तर्फबाट त्यहाँका प्रतिनिधि ‘सेफ’हरूले प्रतिनिधित्व गर्ने भएको हुनाले उनीहरूले प्राप्त गर्ने स्वर्ण, रजत र कांस्य पदकको संख्याका आधारमा दर्जा (रेंक) प्राप्त हुन्छ।
कोलम्बोको श्री जयवर्धने मार्गस्थित पाँचतारे होटल मोनार्क इम्पेरियलको प्रतिनिधित्व गर्दै ‘कुलिनरी आर्ट फुट एक्पो’मा भाग लिएका क्षेत्रीको योगदानमा उक्त होटल उत्कृष्ट पाँचभित्र ठाउँ बनाउँदै चौथो स्थान प्राप्त गरेको छ। आफूले बनाएको खानेकुरा र त्यसलाई पस्किने कलाले उत्कृष्ट दर्जाको मेडल प्राप्त गर्नु र काम गर्ने संस्थालाई राम्रो स्थान दिलाउन सक्नुलाई क्षेत्रीले जीवनको एउटा महत्त्वपूर्ण उपलब्धि भन्दै खुशी व्यक्त गरे।
विभिन्न देशका ४० जना निर्णायकहरूको समूहले विभिन्न ‘क्याटोगरी’ (किसिम)का खानाहरूको मूल्यांकन गरेको थियो। उनले भारतीय खानाको ‘क्याटोगरी’ अन्तर्गत ‘इनोभेटिभ बिरयानी’का लागि उक्त पदक जितेका हुन्।

आयोजक संस्था सेफ गाइड अफ लंकाका अध्यक्ष जेरार्ड मेन्डिस, वर्ड एसोसिएसन अफ सेफ सोसाइटीका अध्यक्ष थोमस गुगलर र जर्मन सेफ एसोसिएसनका अध्यक्ष डेनियल स्केडका हातबाट उनले गत आइतबार उक्त पदक लिए।
श्रीलंकाका समाचार माध्यमहरूले जनाएअनुसार कोरोनाको विश्वव्यापी महामारीको प्रभावका कारण सन् २०१९ देखि रोकिएको प्रतियोगिता जुन ९ देखि ११ सम्म ‘कुलिनरी आर्ट फुट एक्पो’को २०औँ संस्करणका रूपमा पुनः आयोजना गरिएको थियो।
पाँच वर्षको उमेरदेखि नै बुवासँग भारतको पन्जाब प्रान्तको जम्मुमा बसेका क्षेत्रीले पेसाले ‘कुक’ रहेका आफ्ना बुवाबाट नै खाना पकाउने विधा सिकेका हुन्। “मैले प्राथमिक तहभन्दा माथि औपचारिक शिक्षा पाएको छैन, बुवाबाट खाना पकाउने विधा नै मेरो पढाइ वा सीप हो,” उनले उकालोलाई भने, “यहाँ होटलमा भारतीय फुडको लागि म हेड सेफ हुँ, यसपालि प्रतियोगितामा पदक जितेपछि धेरै खुसी लाग्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
