ललितपुरको इमाडोलमा बस पल्टियो, १९ जना घाइते

लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलस्थित सडकमै पल्टिएको हो। बसमा २४ जना सवार रहेको प्रहरीले जनाएको छ। 

तस्वीर: पूर्णप्रसाद श्रेष्ठको फेसबुक।

काठमाडौँ– ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

शनिबार बिहान लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलको बाहुनधारास्थित सडकमै पल्टिएको प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीले जानकारी दिए।

उनका अनुसार बसमा २४ जना सवार थिए। घाइतेको किस्ट र बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको डाँगीले बताए।

बस तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।