डाेल्पाकाे रङ्ग गाउँमा असोज र कात्तिकमा खुर्सानी टिपेर घरकाे छतमा सुकाउने गरिन्छ।
डाेल्पा– त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गका रमिता कुलालको घरको छत राताम्य भएको छ। छतमा सुकाएको खुर्सानीले रङ्ग गाउँका छाना राताम्य देखिएका हुन्।
यसवर्ष १८ क्विन्टल खुर्सानी उत्पादन भएको कुलालले बताइन्। ‘यहाँको खुर्सानीले रुकुमपश्चिम, जाजरकोट र डोल्पालाई धान्छ। आम्दानी राम्रो भइरहेको छ’, उनले भनिन्। सरस्वती बुढाले यसबर्ष १२ क्विन्टल खुर्सानी फलाइन्।
उत्पादिन खुर्सानी सुकाउने र भण्डारण गर्ने काम भइरहेको उनको भनाइ छ। वैशाखमा लगाएको खुर्सानी असोज र कात्तिकमा टिपेर सुकाउने गरिन्छ। अग्लो डाँडामा रहेको रङ्ग गाउँ सडक सञ्जालसँग जोडिएको छ। अधिकांश माटो प्रयोग गरेर बनाइएका यहाँका घरका छत खुर्सानी सुकाउनका लागि उपयुक्त रहेको बुढाले जानकारी दिइन्।
यो गाउँ भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको मध्यभागमा पर्छ। खुर्सानीको रातो रङ्गले कात्तिक र मङ्सिरभर रहेक घरका छत राता हुने गर्दछन्। स्थानीय जातकै खुर्सानीको माग बढी रहेकाले त्यहीअनुसार खुर्सानी खेती गरेको कालीबहादुर बुढाले बताए।
यहाँ दुई सय १४ घरधुरी छन्। वडाभर नै खुर्सानीका लागि उपयुक्त वातावरण रहेको पूर्ववडा सदस्य हरिवान बुढाले बताए। खुर्सानी प्रतिक्विन्टल सात हजार दुई सयमा बिक्री भइरहेको बुढाले बताए। ढुवानीका साधनबाट त्रिपुराकोटस्थित बजारमा बिक्री गर्ने गरिएको छ।
सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचेजति खुर्सानी उत्पादन गर्न मुस्किल हुँदै आएको स्थानीय बताउँछन्। नगरपालिका र अन्य निकायले किसानका लागि अनुदान, सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने स्थानीय भावना बुढाले बताइन्। मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित छ। त्रिपुरासुन्दरी नगरपालिकामा खुर्सानी खेतीका लागि कुनै कार्यक्रम नभएको कृषि शाखाका जगतबहादुर रोकायले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
